काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा. अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
आज बिहान मात्रै शंकरदास वैरागीले मुख्यसचिवको पदबाट राजीनामा दिएका थिए । वैरागीको राजीनामा स्वीकृत गरेपछि अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय भएको थियाे।
अर्याल अनुभवी सचिव मानिन्छन् । सिनियर पनि भएका कारण अन्य सचिवहरूसँगको समन्वयमा सहज हुने अनुमान गरिएको छ । साथै राजनीतिक समन्वय, निर्णय र राजनीति तथा प्रशासनको सम्बन्धबारे राम्रो जानकार मानिने अर्यालले पदवहाली पछिको भूमिकामा आफूलाई कसरी उभ्याउँछन्, त्यसबाट उनको मूल्याङ्कन शुरु हुनेछ ।


प्रतिक्रिया