लुम्बिनीका तीन जिल्लामा भोलि सार्वजनिक बिदा

लुम्बिनीका तीन जिल्लामा भोलि सार्वजनिक बिदा



बुटवल । लुम्बिनी प्रदेशका तीन जिल्लामा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकार, मन्त्रिपरिषदको २०८० जेठ ३२ गतेको निर्णयानुसार भुम्या पर्वको अवसरमा शुक्रबार रोल्पा, रुकुम (पूर्व) र दाङमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिए ।

हरेक वर्ष असारको पहिलो साता मनाइने भुम्या पर्वमा मगर समुदायले पुर्ख्यौली पुजापाठ र मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन् ।

दशैंमा जस्तै निम्तालु आदानप्रदान, खानपिन र हर्ष उल्लासका साथ मनाइने भुम्या पर्व परापूर्वकाल देखि १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले मनाउँदै आएको पर्व हो ।