‘आदिपुरुष’ को संवाद सच्याइयो

‘आदिपुरुष’ को संवाद सच्याइयो


ग्लोब नेपाल
189
Shares

काठमाडौं । दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद भारतीय वितरकले फिल्मबाट हटाएर नेपाल पठाएको छ ।

“सीता भारतकी छोरी” भनी राखिएकोे संवाद नेपालमा विवादास्पद भएपछि भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले फिल्मबाट उक्त संवाद हटाइएकोे भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

धार्मिक कथामा आधारित ‘आदिपुरुष’ आज शुक्रबारदेखि नै प्रदर्शनमा आउँदैछ ।