राष्ट्रपति पौडेलको मुटुको चाल निगरानीमा

राष्ट्रपति पौडेलको मुटुको चाल निगरानीमा



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चालको निगरानी भइरहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराएको हो ।

सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको मुटुको चालको निगरानी भइरहेको उल्लेख छ । राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहानै पाँच बजे उपचारका लागि भर्ना भएका थिए ।

गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुन: समस्या देखिएको हो ।

राष्ट्रपति पौडेलले गत वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए ।