सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सिंह चढेको गाडी दुर्घटना

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सिंह चढेको गाडी दुर्घटना



बझाङ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री चढेको गाडी बझाङमा दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।

दुर्घटनामा परी मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ । बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ ।