एसियाली छनोट खेल्न पब्जी टिम मकाउ प्रस्थान

एसियाली छनोट खेल्न पब्जी टिम मकाउ प्रस्थान



काठमाडौं । एसियाली खेलकुदको छनोट प्रतियोगिता खेल्न ५ सदस्यीय नेपाली टोली मकाउ प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार बिदाइ गरे ।

एसियाली खेलकुदका लागि नेपालबाट छनोट भएको डीआरएस गेमिङका खेलाडीहरु छनोट प्रतियोगिता खेल्न मकाउ गएका हुन् ।

सुविनकुमार प्रजापति (रुल्ज) को नेतृत्वमा रहेको टोलीका अन्य खेलाडीमा साहस भण्डारी (किलर वाइटी), समिर गुरुङ (ग्यान्टे), दिपेश गुरुङ (डेल्टा) र संगीन भट्टराई (साङ) छन् ।

एसियाली खेलकुदको छनोटका रुपमा समेत रहेको पब्जी मोबाइलमा २४ टिमको सहभागिता रहने छ ।

पब्जी मोबाइल जुन २३ देखि २६ सम्म हुनेछ ।