काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई केही दिन अस्पतालमै राखिने भएकाे छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको सेन्टरका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले बताए ।
स्वास्थ्य अवस्था निगरानीका लागि अझै केही दिन अस्पतालमै राखिने भएको हाे ।
मुटुको गति कम हुने समस्या देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा मंगलबार पेसमेकर राखिएको थियो ।
प्रतिक्रिया