विश्वभर जारी द्वन्द्वका कारण गत वर्ष मृत्यु हुनेको संख्या दुई लाख ३८ हजार नाघेको थियो । यस अर्थमा सन् २०२२ द्वन्द्वमा मारिएका व्यक्तिको सङ्ख्याका हिसाबले झण्डै तीन दशकयताकै सबैभन्दा घातक वर्ष थियो ।
यसअघि सन् १९९४ मा यति ठूलो संख्यामा मानिसहरूले द्वन्द्वमा ज्यान गुमाएका थिए। त्यस वर्ष रुवान्डामा नरसंहार भएको थियो। एक्काइसौं शताब्दीमा एक वर्षमा यति धेरै मानिसको ज्यान गएको यसअघि कहिल्यै भएको थिएन ।
लण्डनस्थित इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले ग्लोबल पिस इन्डेक्स सार्वजनिक गरेको छ । यो सूचकाङ्क १६३ देशका २३ गुणात्मक र परिमाणात्मक सूचकका आधारमा तयार गरिएको हो । यसको माध्यमबाट सबैभन्दा कम र सबैभन्दा कम शान्तिपूर्ण देश पत्ता लाग्छ । यस सूचकाङ्कअनुसार विश्व लगातार नवौँ वर्ष कम शान्तिपूर्ण बन्ने दिशामा अघि बढिरहेको छ ।
मृत्यु हुनेको संख्या कहाँ बढी छ ?
इथियोपियाको टिग्रेमा जारी द्वन्द्वमा गत वर्ष सबैभन्दा बढी मानिसको मृत्यु भएको थियो । सन् २०२२ को द्वन्द्वमा एक लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यसमा इथियोपिया र इरिट्रियाका सेना र विद्रोहीहरूबीचको द्वन्द्वभन्दा भोकमरीका कारण धेरै मानिसको मृत्यु भएको थियो । यी दुवै कारणले हुने मृत्युमा दुई गुणा अन्तर छ ।
यसपछि युक्रेनमा रुसी सेनाको आक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढेको छ । सन् २०२२ मा युक्रेनमा भएको युद्धमा कम्तीमा ८२ हजार मानिसको मृत्यु भएको थियो ।
मिडिया रिपोर्टका अनुसार अमेरिका, रुस, जर्मनी, फ्रान्स र चीन गरी पाँच देशले मात्र विश्वका एक तिहाइ हतियार निर्यात गर्छन् ।
आईईपी विशेषज्ञहरूको अनुमानअनुसार युक्रेनमा २० देखि २४ वर्ष उमेर समूहका ६५ प्रतिशत पुरुषहरू या त मरेका छन् वा युद्धबाट भागेका छन्। युक्रेनका ३० प्रतिशतभन्दा बढी नागरिक आफ्नै देशमा वा अन्य देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।
ग्लोबल पीस इन्डेक्सका सूचकहरूमा आन्तरिक वा बाह्य द्वन्द्व, हत्यादर, सैन्यीकरणको मात्रा, हातहतियार निर्यात, आतङ्कवाद, राजनीतिक अस्थिरता र कैदीहरूको सङ्ख्या समावेश छन्। यसले सशस्त्र द्वन्द्वको आर्थिक लागतको पनि मूल्यांकन गर्दछ। गत वर्ष यसको मूल्य १७.५ हजार अर्ब अमेरिकी डलर थियो, जुन विश्वको कुल गार्हस्थ्य उत्पादनको करिब १३ प्रतिशत हो ।
विश्वका सबैभन्दा अस्तव्यस्त देशहरू
‘अफगानिस्तान, इराक र सिरियाको युद्धपछि युक्रेनको युद्ध स्पष्ट रूपमा एउटा यस्तो युद्धमा परिणत भएको छ, जसमा विश्वका सबैभन्दा शक्तिशाली सेनाहरूले पनि राम्रो स्रोत साधन भएका स्थानीय जनतामाथि विजय हासिल गर्न सक्दैनन्, आईईपीका संस्थापक तथा कार्यकारी अध्यक्ष स्टिभ किलेलियाले भने। ‘युद्ध धेरै हदसम्म जित्न नसकिने भएको छ र यसको आर्थिक बोझ निरन्तर बढिरहेको छ।’

मिडिया रिपोर्टका अनुसार अमेरिका, रुस, जर्मनी, फ्रान्स र चीन गरी पाँच देशले मात्र विश्वका एक तिहाइ हतियार निर्यात गर्छन् ।
आइसल्याण्ड, डेनमार्क र आयरल्याण्ड विश्वका सबैभन्दा शान्तिपूर्ण देश हुन् भने अफगानिस्तान, यमन र सिरिया सबैभन्दा कम शान्तिपूर्ण छन् । यो सूचीमा जर्मनी १५ औं स्थानमा छ, जुन पहिलेको तुलनामा दुई बढी हो । अस्ट्रिया र स्वीट्जरल्याण्ड भने पाँचौँ र दशौँ स्थानमा छन् । यो सूचीमा भारत १२६ औं स्थानमा छ र उसको स्थितिमा गत वर्षको तुलनामा केही सुधार भएको छ । अफगानिस्तान १६३ औँ स्थानमा छ भने त्यसपछि यमन, सिरिया, दक्षिण सुडान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, रसिया र त्यसपछि युक्रेन छन् । रुस तीन स्थान तल झरेको छ भने युक्रेन १४ स्थान तल झरेको छ ।
एनआर/एसबी (डीपीए)


प्रतिक्रिया