कोसी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : ओली

कोसी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् ।

आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै ओलीले कोसी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने बताएका छन् ।

कोसी प्रदेशको नामकरणमा मत दिने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा सबै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ ।

उनले ललितानिवास प्रकरणका विषयमा भने राम्रोसँग बुझ्न नपाएको तर्क गरे ।