नेप्सेसँगै घट्यो कारोबार रकम पनि

नेप्सेसँगै घट्यो कारोबार रकम पनि



काठमाडौं । आइतवार ५३.७० अंक घटेको नेप्से परिसूचक सोमवार पनि २१.३२ अंकले गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.३२ अंक घटेर २०७५.९७ बिन्दुमा झरेको हो ।

पछिल्लो एक सात उच्च अंकले वृद्धि भएर २१ सय बिन्दु माथि पुगेको नेप्से पुनः २ हजारमा बिन्दुमा झेरको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.१७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले घटेको छ ।

सोमवार कारोबारमा आएको २७६ कम्पनीको ९४ लाख १८ हजार कित्ता शेयर ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतवारको तुलनामा सोमवार कारोबार रकम पनि गिरावट आएको छ । आइतवार ५ अर्बभन्दा बढीको शेयर खरिद बिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक २.०७ प्रतिशत बढेको भने बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त,जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

सोमवार नेप्से २१.३२ अंकले गिरावट आए पनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त वित्तीय संस्था, बिपिडब्लु लघुवित्त वित्तीय संस्था र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।