राष्ट्रपतिको उपचारमा लागेको ५५ लाख निकासा गरिदिन अर्थ मन्त्रालयलाई परराष्ट्रको पत्र

राष्ट्रपतिको उपचारमा लागेको ५५ लाख निकासा गरिदिन अर्थ मन्त्रालयलाई परराष्ट्रको पत्र



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचारमा ५५ लाख २ हजार २७९ रुपैयाँ खर्च भएको रकम निकासा गरिदिनका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

२०८० वैशाख ६ गतेदेखि वैशाख १७ गतेसम्म पौडेलको दिल्लीमा भएको उपचार खर्च तथा श्री एयरलाइन्सको चार्टर्ड एयर एम्बुलेन्सको उडानमा समेत गरी ५५ लाख ४ हजार ६५४ रुपैयाँ खर्च भुक्तानीका लागि अर्थ मन्त्रालयको सहमति समेत भइसकेको भन्दै परराष्ट्रले अर्थलाई असार १८ गते पत्राचार गरेको हो ।

यसअघि स्वास्थ्य उपचारमा लागेको सम्पूर्ण खर्च राष्ट्रपति पौडेल स्वयंले नै व्यहोर्न चाहेको भनिएको थियो ।