विराटनगर । नेता कोइरालाले कोशी प्रदेशमा सभामुखको भूमिका पनि संविधान विपरीत भएको बताए ।
शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले सभामुख तटस्थ बस्न नसक्दा लोकतन्त्र र संविधान विपरीत काम भएको बताए । ‘सभामुखले तटस्थ रहेर जिम्मेवारीवहन गर्न सक्नुभएन,’ उनले भने, ‘लोकतान्त्रिक परिपाटी र संसदीय अभ्यासबाट संविधानलाई टेकेर अघि बढ्नुपर्नेमा भोलिका दिनमा अफ्ठ्यारो परिस्थिति सृजना हुने देखिएको छ ।’
प्रदेशमा देखिएको अहिलेको परिस्थितिको निकास एमालेले खोज्नुपर्ने उनको भनाइ छ ।
त्यसैगरी नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्ति गलत भएको बताएका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिले जनतालाई पनि ठेस पुगेको उनले बताए ।
प्रतिक्रिया