प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले वृद्धि

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले वृद्धि



काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.९७ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ०.०६ अंक घटेर २०४९.३८ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९७ अंक बढेर २०५०.३६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४२ अंक घटेको छ।

आइतबार यस सेसनमा २३ स्टकको २४ लाख २५ हजार ९०२ रुपैयाँ ८० पैसा बराबरको ५ हजार ३८१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने ९ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।