देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा मंगलबार दिउँसो मेघगर्जन, चट्याङ र असिनासहित वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो सवा ३ बजेको समयमा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक र दोलखासहित कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा हावाहुरी र असिनापानी परेको हो। 

काठमाडौंमा मेघगर्जनसहित असिनापानी परिरहेको र यी क्षेत्रहरूमा थप वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले असोज २४ गतेसम्म मौसम अहिलेकै अवस्थामा रहने जानकारी दिएको छ । यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको छ । विस्तारै गण्डकी, लुम्बिनी, बागमती, मधेश र कोशी प्रदेशबाट मनसुन बाहिरिने बेला भीषण वर्षा भएको हो । स्थानीय वायुले वर्षा गएको मौसमविद्को भनाइ छ ।