नेप्से परिसूचक झिनो अंकले घट्यो

नेप्से परिसूचक झिनो अंकले घट्यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक करिब स्थिर रहेको छ। अघिल्लो कारोबार दिन २८.३८ अंक बढेर बन्द भएको नेप्से, यस दिन ०.८० अंक घटेर २०७६.९६ विन्दुमा झरेको छ। यस दिन नेप्से परिसूचक ०.११ अंक र सेन्सेटिभ इण्डेक्स ०.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक घटेको छ।

सोमबार नेप्से करिब स्थिर रहेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब बराबरको शेयर कारोबार भएको बजारमा यस दिन २९३ स्टकको ६५ हजार ३१७ पटकको कारोबारमा ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशत बढेको छ भने लघुवित्त उपसमूहको परिसूचक १.१२ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको भने हिमालयन लाइफ इन्स्योरेन्स र प्राइम कमर्सियल बैंकको संस्थापक शेयरको करिब २५ करोड रुपैयाँ बराबरको कारोबर भएको छ।