गलकोट । गलकोट नगरपालिका-५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रा पालनमा व्यस्त छन् । एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुगेका रमेश बस्नेत आठ वर्ष जापानमा बसे । कोरोना कहरको समयमा नेपाल आएका बस्नेत पुनः जापान फर्कन चाहेन ।
कोरोना कहरमा धेरै नेपाली समस्यामा परेको सम्झँदै बस्नेतले आत्मनिर्भर हुनका लागि कोरोनाले पाठ सिकाएको स्मरण गरे । बस्नेतले आठ वर्षको जापान बसाई टुङ्गाएर गलकोट नगरपालिका-९ गल्याङमा आधुनिक बाख्रा फर्म निर्माण गरेर बाख्रा पालन गर्दै आएका छन् ।
बस्नेतले गल्याङमा झण्डै तीन रोपनी जग्गामा समुन्नत एग्रो फर्म स्थापना गरी बाख्रा पालन गर्दै आएका हुन् । उनले बाख्रापलनमा आधुनिक प्रविधिको प्रयोग तथा वैज्ञानिक प्ररकारको खोर व्यवस्थापनबाट बाख्रापलन गर्दै आएको बताए ।
बाख्रापालनका लागि विदेशबाट आयातितक घाँस खेती समेत गर्दै आएको बस्नेतको भनाइ छ । बागलुङको गलकोटका युवा अधिकांश जापान जाने गर्दछन् । गलकोटलाई पछिल्लो समय जापाने गाउँ समेत भन्ने गरिन्छ । त्यही जापाने गाउँका रमेश बस्नेतले भने जापान त्यागेर देशमा नै केही गर्ने अठोटका साथ तीन वर्षदेखि त्राख्रापालन थालेका छन् ।


प्रतिक्रिया