भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर

भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले बुधबार डोजर चलाएको हो ।

सदनले ५ रोपनी १२ आना जग्गामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्राहालय, पुस्तकालयसहितका संरचना बनाएको छ । यसअघि महानगरपालिकाले सदनलाई तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।

सेवा सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ ।