हकप्रद सेयरको आकार बढाउँदै बलेफी हाइड्रोपावर

हकप्रद सेयरको आकार बढाउँदै बलेफी हाइड्रोपावर



काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद सेयरको आकार बढाएको छ । कम्पनी सञ्चालक समितिको बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

यसअघि गत फागुन १२ गते बसेको सञ्चालक समितिलेको बैठकले चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।

यसअघि प्रस्तावित हकप्रद सेयर बिक्रीबाट उठ्ने पैसाले बैंकको कर्जा कम गर्न नपुग्ने भएकोले आकार बढाउनुपरेको कम्पनीले जनाएको छ । प्रस्तावित हकप्रदको अजेन्डा आगामी वार्षिक साधारणसभाबाट स्वीकृत गरी निष्कासन प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।