सुनसरीमा एक युवाको गोली हानी हत्या

सुनसरीमा एक युवाको गोली हानी हत्या



विराटनगर । सुनसरीमा एक युवाको गोली हानी हत्या भएको छ । शुक्रबार सुनसरीको धरान–इटहरी सडक खण्डको जंगलमा विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या भएको सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए ।

चारकोशे जंगलमा पैदलै आएका युवाको समूहले उनीमाथि गोली हानेको बताइएको छ । ढकालका अनुसार चौधरीसँगै आएकी महिला सकुसल रहेकी छन् । चौधरीमाथि तीन जनाको समूहमा आएका व्यक्तिले गोली हानेको बताइएको छ । चौधरीकाे साथमा रहेको मोबाइल र पैसा लुटिएको छ ।

उनीहरुको खोजी कार्यमा प्रहरी जुटिसकेको ढकालले जानकारी दिए ।