महिला विश्वकप : जापानले काेस्टारिकालाई हरायाे

महिला विश्वकप : जापानले काेस्टारिकालाई हरायाे



काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा जापानले काेस्टारिकालाई हराएकाे छ ।

आज बुधवार न्युजिल्यान्डकाे फाेर्सिथ बार स्टेडियममा भएकाे खेलमा जापानले काेस्टारिकालाई २–० गाेलले हरायाे । जापानका लागि हिकारु नाेमाेताेले खेलकाे २५ औँ र ओबा फुजिनाेले २७ औँ मिनेटमा गाेल गरिन् । जापान २ खेलमा ६ अङ्कसहित समूह ‘सी’ काे शीर्ष स्थानमा छ । काेस्टारिका उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

महिला विश्वकप फुटबलमा अहिले समूह ‘सी’ कै स्पेन र जाम्बियाबीच खेल भइरहेकाे छ । आजै बेलुकी पाैने ६ बजे क्यानडा र आयरल्यान्ड खेल्दैछन् ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।