काठमाडौं । जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार पोखरेल केहीबेर अघि त्रिपुरेश्वरबाट पक्राउ परेका हुन् ।
जबरजस्ती करणीको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो । आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको छ । ती किशोरीले यसअघि सामाजिक सन्जालमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन् ।
बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए । पोखरेल मुटुको समस्या भएको भन्दै अस्पतालमा भर्ना भएर बसेका थिए । प्रहरीले उनलाई अस्पतालबाटै नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया