कोरम नपुग्दा लेखा समितिको बैठक स्थगित

कोरम नपुग्दा लेखा समितिको बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिमा कोरम नपुग्दा बैठक स्थगित भएको छ । शुक्रबार बिहान साढे ११ बजे बसेको बैठकमा आवश्यक गणपूरक सङ्ख्या १४ जना संसद् नपुग्दा बैठक बस्न नसकेको हो ।

बैठकमा सहभागी हुन १३ जना सांसद सहभागी थिए । बैठकका लागि सहभागी हुने जानकारी गराएका सांसदहरू श्याम कुमार घिमिरे, गोकुल बास्कोटा नआएका कारण बैठक स्थगित भएको संसद् सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

आजको बैठकमा समितिको आन्तरिक कार्यविधि र आएका उजुरीहरूका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । बैठक स्थगित भएपछि अर्को बैठक आइतबारका लागि तोकिएको छ ।