कोशी सरकारका विषयमा बालुवाटारमा छलफल

कोशी सरकारका विषयमा बालुवाटारमा छलफल



काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा कोशी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा शीर्ष नेताहरूबीच अनौपचारिक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमण गरी फर्किएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सहभागिता थियो ।

सर्वोच्च अदालतले कोसी प्रदेशको सरकार गठनको नयाँ प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।