सुन प्रकरण : ठमेलको होटल भियनामा छापा

सुन प्रकरण : ठमेलको होटल भियनामा छापा



काठमाडौं । साउन ३ गते हङकङबाट काठमाडौं ल्याइएको स्कुटरको ब्रेक शु भित्र भेटिएको क्विन्टल सुन (अनुमानित) प्रकरणको अनुसन्धान जारी छ ।

प्रधानमन्त्री मातहत रहेको राजश्व अनुसन्धान विभागले अहिले पनि सोही प्रकरणलाई लिएर अनुसन्धान जारी राखेको छ । विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ ।

विभागको टोलीले भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको छ । विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका तर, बेल्जिनिमका नागरिकलाई पक्राउ गरेको छ ।

हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको छ । होटल सिलबन्दी गरिएको छ । त्यसैगरी राति नै काठमाडौंको टोखामा एउटा सुन पगाल्ने कारखाना नै भेटिएको छ ।

हालसम्म यो प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।