साउन २९ देखि सत्याग्रहमा बस्ने गोविन्द केसीको घोषणा

साउन २९ देखि सत्याग्रहमा बस्ने गोविन्द केसीको घोषणा



काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सीटीईभीटीका पदाधिकारी तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

सोमबार पत्रकार सम्मेलनमार्फत उनले सीटीईभीटीअन्तर्गतका कलेजमा ‘अवैध’ सिट निर्धारण र विद्यार्थी अवैध भर्ना गर्ने पदाधिकारीलाई ‘माफिया’को संज्ञा दिए । उनीहरूलाई तत्काल बर्खास्त गर्न माग गरे । ‘चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउने प्रयास भइरहेको छ । राज्यका निकायहरू दलीय कार्यकर्ता भर्तिकेन्द्र बनेका छन्’, पत्रकार सम्मेलनमा डा. केसीले भने, ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन अल्टिमेटम दिन चाहन्छौ ।’

उनले शुल्क बढाउने सीटीईभीटीको निर्णय खारेजी, सबै प्रदेशमा मेडिकल कलेज पुर्‍याउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउनुपर्ने लगायतका मागसहित सरकारलाई अल्टिमेटम दिएका हुन् । पछिल्लो पटक डा. केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारबारे २०७९ असोजमा सहमति भएको थियो ।