संसद् भवन अगाडि निर्माण व्यवसायीहरूकाे प्रदर्शन (तस्बिरहरू)

संसद् भवन अगाडि निर्माण व्यवसायीहरूकाे प्रदर्शन (तस्बिरहरू)



काठमाडौं । निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाएर नयाँबानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेका छन् ।

बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेका हुन् ।

व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् । आज बिहान व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका थिए ।