भारतीय सर्वोच्च अदालतद्वारा राहुल गान्धीको सांसद पद पुनर्बहाली

भारतीय सर्वोच्च अदालतद्वारा राहुल गान्धीको सांसद पद पुनर्बहाली



काठमाडौं । भारतीय सर्वोच्च अदालतले भारतीय कांग्रेस नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली गरेको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै सर्वाेच्चले गान्धीको सजायलाई सुनुवाएको सजायमा रोक लगाएको छ । योसँगै उनको सांसद पद पुनर्बहाली भएको छ । 

राहुल गान्धीलाई ‘मोदी’ सरनेम मुद्दामा जिल्ला अदालतले दिएको फैसला कार्यान्वयन नगर्नसर्वोच्च अदालतले आदेश दिएको हो । ‘सबै चारेको सरनेम किन मोदी हुन्छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै परेको रिटमा सुरत अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाउँदै सांसद पदबाट हटाएको थियाे । 

तर, शुक्रबार सर्वाेच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगायो । साथै सर्वाेच्चले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्‍याउनसमेत भनेको छ ।