कृष्णजीवी पन्त एनआरएनए सचिव पदका उम्मेदवार

कृष्णजीवी पन्त एनआरएनए सचिव पदका उम्मेदवार


ग्लोब नेपाल
891
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यकालका लागि आगामी अक्टुबरमा हुने निर्वाचनमा कृष्णजीवी पन्तले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् संस्थागत एकता, शुद्विकरण एवम् पारदर्शिताको लागि मेरो उम्मेदवारी सचिव पदमा भनेर उनी सार्वजनिक भएका हुन् ।

उनले लेखेका छन– ‘एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबरमा हुने निर्बाचनमा मैले सचिब पदमा उम्मेदवारी दिने योजना बनाएको छु ।’

एनआरएनए, अमेरिकाको उपाध्यक्ष (२०१९–२१), वरिष्ठ उपाध्यक्ष (२०२१–२३) को जिम्मेवारी सम्हालिसकेका पन्तले पदमा रहँदा संस्थाको आफ्नै भवन खरिद गर्दा संयोजक, वान एनसीसी वान च्यारिटीअन्तरगत संयोजक हुँदा सल्यानमा प्रसुति गृहको निर्माण र च्याप्टरलाई सशक्त गर्नुका साथै यस अभियानमा जाेडिन युवा तथा महिलालाई प्रोत्साहन गरेको उनले स्मरण गरे । संस्थागत विकासका धेरै काम सम्पन्न गरेको उनको दाबी छ ।

आगामी अक्टोबरमा हुने आईसीसी निर्वाचनमा उनले सचिव पदमा आफूलाई मतदान गरी सहयोग गरिदिनु हुन विश्वभर छरिएका सम्पूर्ण डेलिगेट्ससँग अनुरोध गरेका छन् ।