नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट कक्षा १२ को नतिजा सजिलै प्राप्त गर्न सकिने

नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट कक्षा १२ को नतिजा सजिलै प्राप्त गर्न सकिने



काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८० साल, बैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहँदा नेपाल टेलिकमले विभिन्न प्लेटफर्मबाट नतिजा प्राप्त गर्न सकिने भएको छ ।

एक सूचना जारी गर्दै टेलिकमले आईभीआर, एसएमएस, यूएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ ।

वेबसाइटबाट (https://neb.ntc.net.np), एसएमएसबाट (NEB<SPACE>SYMBOLNUMBER> टाइप गरि 1600 मा पठाउने), यूएसएडीबाट (*1600# डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ) र आईभीआरबाट (आफ्नो फोनमा १६०१ डायल गरेर निर्देशन अनुसार) नतिजा थाहा पाउन सकिन्छ ।

नतिजा सार्वजनिक भए लगत्तै एसएमएसबाट हेर्न सकिन्छ भने नतिजा सार्वजनिक भएको केही समयपछि मात्र अनलाइनबाट हेर्न सकिने छ ।