प्रि-ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

प्रि-ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२० अंकले घटेको छ । यससँगै सूचक २०७७.०३ विन्दुमा आएको छ । १२ लाख ३२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको ३३ सय १८ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ६० पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।