भारत मणिपुरको साथमा छ : भारतीय प्रधानमन्त्री मोदी

भारत मणिपुरको साथमा छ : भारतीय प्रधानमन्त्री मोदी



भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकाे ७७औँ स्वतन्त्रता दिवसमा देशलाई सम्बोधन गर्दै मणिपुर राज्यमा शान्ति स्थापना गर्न हरसम्भव प्रयास गरिरहेको बताए ।

टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको भाषणमा उनले प्राकृतिक प्रकोप, अर्थतन्त्र र भारतको बढ्दो जनसंख्याको बारेमा कुरा गरे । ‘म मणिपुरका जनतालाई भन्न चाहन्छु कि देश तपाइँको साथमा छ’, मोदीले भने।

मंगलबार उनले दिल्लीको ऐतिहासिक लाल किल्लामा राष्ट्रिय झण्डा फहराए ।

‘पछिल्ला केही हप्ताहरूमा मणिपुरले हिंसाको लहर देखेको छ । धेरै मानिसहरूले आफ्नो ज्यान गुमाए र हाम्रा आमा र बहिनीहरूलाई अपमानित गरियो । स्थायी समाधान शान्तिबाट मात्र पाउन सकिन्छ’ मोदीले भने।

मणिपुरमा के भएकाे थियाे र किन ?

मणिपुरका बहुसंख्यक मेइती समूह र आदिवासी कुकी अल्पसंख्यकबीच मे महिनामा हिंसात्मक झडप भएको थियो।

हिंसामा १४० भन्दा बढी मानिस मारिएका थिए भने हजारौं विस्थापित भएका छन् । मे महिनामा दुई कुकी महिलालाई आफ्नो गाउँ ध्वस्त पारेको केही समयपछि मेइटेई पुरुषहरूले नग्न परेड गराएको भाइरल भिडियोले आक्रोश फैलायो र विश्वव्यापी हेडलाइन बनेकाे थियाे।

हिंसाका बेला मणिपुरमा केही हप्तासम्म बोल्न नसकेकोमा मोदीको आलोचना भएको थियो । पछिल्ला केही दिनदेखि मणिपुरमा शान्तिपूर्ण वातावरण छ ।