नेप्से सूचक २०.३१ अंकले घट्यो, कारोबार रकम डेढ अर्बमा सिमित

नेप्से सूचक २०.३१ अंकले घट्यो, कारोबार रकम डेढ अर्बमा सिमित



काठमाडौं । बुधबार नेप्से सूचक २०.३१ अंकले घटेर २०२५.१२ अंकमा झरेको छ। यस दिन कारोबार रकम पनि केहि घटेको छ।

यस दिन १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँ बराबरको ४८ लाख ३८ हजार १०६ कित्ता शेयर कारोबार भएको छ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक १.८५ प्रतिशतले घटेको छ ।

बैंकहरुले ब्याजदर बढाउने हल्लापछि शेयर बजारमा बिक्री चाप बढेको छ। अधिकाँश बैंकहरुले निक्षेपमा ब्याजदर बढाउने भएका छन्। यसले गर्दा पनि शेयर बजार प्रभावित भएको छ।