सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको शुक्रबार सुनुवाइ हुँदै छ । 

नाबालिग बलात्कार आरोपमा सन्दीपविरुद्ध परेको रिटको सुनुवाइ बिहिबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा हुने भएको छ । 

सन्दीप पक्षले ‘गौशाला २६’ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो । त्यसरी पेस गरिएको जन्मदर्ताको प्रमाणपत्र नै नक्कली प्रमाणित भएपछि पहिलोपटक मुद्दाको सुनुवाइ हुन लागेको हो ।

सन्दीपले नाबालिग गौशाला २६ (प्रहरीले दिएको नाम) लाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका छन्। नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।