कोशीमा राप्रपाका सांसदलाई मन्त्री र १० करोडको अफर !

कोशीमा राप्रपाका सांसदलाई मन्त्री र १० करोडको अफर !


ग्लोब नेपाल
513
Shares

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धन सरकारले विश्वासको मत लिनुअघि सांसद खरिदको प्रयास भएको खुलासा गरेका छन् ।

लिङदेनले आफ्नो आधिकारिक फेसबुक पेज र ट्वीटरमार्फत प्रदेश सभा सदस्यलाई मन्त्री र १० करोड रुपैयाँको प्रस्ताव गरेको दाबी गरेका छन् । अध्यक्ष लिङदेनले कुन पार्टीका सांसदलाई भनेर उल्लेख नगरे पनि राप्रपाका सांसदलाई मन्त्री बनाइदिने वा १० करोड रुपैयाँ दिने प्रस्ताव आएको उनले जनाएका छन् ।

राप्रपाले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत नदिने भएपछि सांसद खरिद गर्न खोजिएकाले साङ्केतिक रूपमा उनले यो खुलासा गरेको बताइएको छ । मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने कार्यक्रम छ ।