चेङ्दु । सोमबार बिहानैदेखि परेको भारी वर्षापछि दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको लिआङ्शान यी स्वायत्त प्रान्तको एउटा गाउँमा छ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
सोमबार बिहान करिब ५ बजेको समयमा भारी वर्षाले जिनयाङ काउन्टीको देङचाङ गाउँमा खोलाको छेउमा रहेको राजमार्ग निर्माण स्थलमा बाढी प्रवेश गरेको थियो । स्थानीय सरकारले दिएको जानकारी अनुसार त्यहाँ ८५ जना मानिस थिए । दिउँसो १:३० बजेसम्म ७९ जनाको उद्धार गरिएको छ ।
जिन्याङ काउन्टीले खोज र उद्धार कार्यका निम्ति ५०० भन्दा बढी उद्धारकर्मीहरू परिचालन गरेको छ ।
प्रतिक्रिया