बझाङ । बझाङको सदरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा आमा छोरालाइ चक्कुप्रहार गरिएको छ । सुर्मा गाउँपालिका वडा न ३ घर भै सदरमुकाम चैनपुरको सुर्माटोलमा कोठामा बस्दै आएका आमा छोरालाइ हिजो राती १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका छन् ।
घाइते हुनेमा २७ वर्षिया सुनिता बिक, जेठो छोरा ७ वर्षिया आदित्य बिक र ४ वर्षिया छोरा एबल रहेका छन् । उनीहरुलाई राती १२ बजे सुतिरहेको अबस्थामा कोठामा नै गएर चक्कु प्रहार गरिएको घाइतेका श्रीमान कलक बिकले बताए ।
भेन्टिलेटरको तारको जालि काटेर मुल ढोकाको चुक्कुल खोलेरभित्र पसेको र मोबाइलसमेत लिएर गएको त्यसपछि अगाडी दुई छोरालाई चक्कुप्रहार गरेको र पछि श्रीमतिलाई चक्कु प्रहार गरेको उनले बताए ।
अज्ञात समुहले मुखमा मास्क लगाएको सुनिता बिकले बताईन्। जेठो छोरोलाई बढी चोट लागेको र घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया