विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएकाे छ ।
न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हाे ।
रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नाे जमिनमा प्रवेश गरेर धरपकड गरेकाे भन्दै साम्पाङविरूद्ध रिट दायर गरेका थिए ।
धरान ४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले ६ साउनमा वृक्षराेपण गरेका थिए । वृक्षराेपण गरेकाे जग्गा अधिकारी दम्पतीले आफ्नो भएको दाबी गर्दै आएका छन् । मेयर साम्पाङले भने सर्दु सट्टाभर्नाकाे जग्गा भएकाले वृक्षराेपण गरेकाे दाबी गरेका थिए ।
सोमबार मेयर साम्पाङ पुन: त्यही विवादित जग्गामा पुगेका थिए । उनी जाँदा अधिकारी दम्पतीले प्रतिवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
उच्च अदालतको अन्तरिम आदेश :
प्रतिक्रिया