नेपाल निर्माण ब्यबसायी संघ भक्तपुरको अध्यक्षमा विजयकुमार देउजा सर्वसम्मत भएका छन् । हिजो शनिबार सम्पन्न २१ औ साधारणसभा तथा ८ औ अधिबेशनले अध्यक्ष पदमा देउजालाई सर्वसम्मत निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा रत्नप्रसाद सुवाल प्रथम उपाध्यक्ष प्रेम खत्री पनि सर्वसम्मत निर्वाचित भएका हुन् ।
द्वितीय उपाध्यक्षमा राजकुमार खड्का निर्वाचित भए भने महासचिवमा सुधीर थापा सर्वसम्मत भएका छन् । उपमहासचिवमा विमल शिल्पकार, कोषाध्यक्षमा हरिशरण बास्तोला सर्वसम्मत भए भने सहकोषाध्यक्षमा तुल्सीमैया ज्याख्या निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा रामहरि फुयाल, बाबुकृष्ण रोक्का, रिगेन कार्की निर्वाचित भए ।
महिला सदस्यमा चन्द्रमाया भडेल सर्वसम्मत, जनजाति सदस्यमा विशाल श्रेष्ठ निर्वाचित, चागुनारायण नगरपालिका नगर संयोजक राधेश्याम बानियाँ, सूर्यविनायक नगर संयोजक सुवास बखुन्छे, मध्यपुर थिमी नगर संयोजक श्याम नुच्छे, भक्तपुर नगरपालिका संयोजक सुरेन्द्र सुवाल सर्वसम्मत निर्वाचित भएका छन् ।
प्रतिक्रिया