ललिता निवास प्रकरण : थुनामा रहेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

ललिता निवास प्रकरण : थुनामा रहेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश



काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हाे ।

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

त्यसैगरी जिल्ला अदालत काठमाडौंले केशव तुलाधरलाई साधारण तारेखमा रिहा, शिवजी भट्टलाई ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठलाई ७ लाख ५० हजार, कलाधर देउजालाई १५ लाख, घमन कुमार कार्कीलाई ७ लाख ५० हजार, गोपाल कार्कीलाई ७ लाख ५० हजार, विनोद पौडेललाई १५ लाख, योगराज पौडेललाई ७ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

त्यस्तै नारायणराज मिश्रलाई ७ लाख ५० हजार,अरुण कुमार श्रेष्ठलाई ७ लाख ५०, ध्रुव प्रसाद अर्याललाई ३ लाख ३० हजार, बाबुराजा महर्जनलाई १ लाख १० हजार, देवनारायण महर्जनलाई १ लाख १० हजार, सकलानन्द महर्जनलाई १ लाख १० हजार, सञ्जय कुमार महर्जनलाई १ लाख १० हजार, लोकरि घिमिरेलाई ७ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।