मीनबहादुर गुरुङसहित १६ जना धरौटी बुझाएर छुटे, एक जना कारागार पुगे

मीनबहादुर गुरुङसहित १६ जना धरौटी बुझाएर छुटे, एक जना कारागार पुगे



काठमाडौं । ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला अदालतले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटी रिहा गर्न आइतबार आदेश दिएको थियो । १७ मध्ये १६ जना आइतबार नै धरौटी रकम बुझाएर छुटेका छन् ।

काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार अरुणकुमार श्रेष्ठ भने धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका छन् । अदालतले उनीसँग ७ लाख ५० हजार रुपैयाँ धरौटी मागेको थियो । उनी अब धरौटी बुझाएमात्र छुट्नेछन् ।