सरकारसँग भएको सहमतिमा राहत शिक्षकको असहमति

सरकारसँग भएको सहमतिमा राहत शिक्षकको असहमति



काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।

बैठकबाट उठेर हिँडेका राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरि ऐन बन्नु पर्ने माग बैठकमा राखिएको तर सुनुवाइ नभएको उनले बताए ।

उनले केहीबेरमा विज्ञप्ति निकाल्ने बताए । राहतका शिक्षकहरुले आन्दोलनको कार्यक्रम जारी राख्ने बताएको छ । माइतीघर मन्डलामा भोलि भेला हुने राहत शिक्षका महासचिव कुमार बजगाईले बताए । ४० हजार शिक्षक आक्रमक रुपमा उत्रने उनको दाबी छ ।