कोशी प्रदेशमा २ मन्त्री र २ राज्यमन्त्री थपिए

कोशी प्रदेशमा २ मन्त्री र २ राज्यमन्त्री थपिए



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले मन्त्रिपरिषदमा दुई मन्त्री र दुई राज्यमन्त्री थपेका हुन् ।

जस अनुसार खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीमा बुद्धिकुमार राजभण्डारी र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई नियुक्त गरेका हुन् ।

त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।

सोमबारको विस्तारपछि तीन राज्यमन्त्रीसहित मन्त्रिमण्डलमा नौ जना सहभागी भएका छन् ।