काठमाडौं । गृह मन्त्रालयले आफ्ना कर्मचारीलाई बिहान कार्यालय सयम सुरु भएपछि १५ मिनेट योग अभ्यास गर्न परिपत्र गरेको छ ।
मन्त्रालयले महाशाखाहरू अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०:१५ भित्र अनिवार्य १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको छ ।
यस्तो योगअभ्यास र ध्यान गरेर मात्र आफ्नो कार्य जिम्मेवारीअनुसार काम सुरु गर्न मन्त्रालयले निर्देशन दिएको हो । कार्यालय समयभित्र नै कर्मचारीले १५ मिनेट योगअभ्यास गर्नुपर्ने भएको छ ।
मन्त्रालयले मन्त्रायल, विभाग र उपत्यकाभित्रका कार्यालयहरुका लागि एक दिवशीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य कर्मचारीका लागि पनि यस्तो कार्यक्रम सञ्चालन हुन लागेको बताएको छ ।
प्रतिक्रिया