एमाले बागमती अधिवेशनमा भोलि मतदान हुने

एमाले बागमती अधिवेशनमा भोलि मतदान हुने



काठमाडौं । एमाले बागमती प्रदेशको पहिलो अधिवेशन जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ ।

संशोधित कार्यतालिका अनुसार आज बेलुका ८ बजेसम्म उमेदवारी फिर्ता, ९ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने स्थायी कमिटी सदस्य तथा अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

त्यस्तै, मतदान भोलि (शुक्रबार) बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ । नेतृत्व चयनका लागि अहिले पनि सहमतिको प्रयस भइरहेकाे छ ।

अध्यक्ष पदमा पाँच आकांक्षीले उमेदवारी दर्ता गराएकाेमा केशवराज पाण्डेले भने आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उनले अर्का प्रत्याशी कैलाश ढुंगेललाई समर्थन गर्ने बताएका छन् ।