सुन तस्करी आरोपमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश

सुन तस्करी आरोपमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश



काठमाडौं । जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुमध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रुकमिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हाे ।

सुन तस्करीमा स‌‌लग्न रहेको अरोमा प्रहरीले २९ जनामाथि मुद्दा चलाएको थियो । जसमध्ये ३ जना फरार छन् ।

पक्राउ परेर थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक हुन् ।