नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्युको समयसीमा घटाइयो

नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्युको समयसीमा घटाइयो


ग्लोब नेपाल
54
Shares

बाँके । स्थिति सामान्य बन्दै गएको संकेतपछि नेपालगञ्जमा जारी कर्फ्यु र निषेधज्ञाको समयसिमा घटाइएको छ । दिनमा निषेधाज्ञा र रातमा कर्फ्यु लगाउँदै आएको जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबारबाट कर्फ्यु र निषेधाज्ञाको समयसीमा घटाएको हो ।

जसअनुसार बिहान ९ बजेदेखी राती ८ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने राती ९ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए । यसअघि बिहान ८ बजेदेखि नै निषेधाज्ञा सुरु हुन्थ्यो भने कर्फ्यु बिहान ६ बजेसम्म लगाउँदै आइएको थियो । 

प्रजिअ अधिकारीले जारी गरेको सुचना अनुसार पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र  कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन पाउने छैनन् ।

हिन्दु र मुस्लिम समुदायका बिचमा हुलदंगा भए पछि स्थिति नियन्त्रणमा लिनका लागि बाँके प्रशासनले सुरक्षाा ब्यवस्थामा कडाइ गरेकाे हाे ।