रिगलविरुद्धको मुद्दाको सुनुुवाइ १४ कात्तिकलाई सर्‍यो

रिगलविरुद्धको मुद्दाको सुनुुवाइ १४ कात्तिकलाई सर्‍यो



काठमाडौं । ज्यान मुद्दामा दोषी ठहर भएर जेल सजाय काटिरहेका योगराज ढकाल रिगलको कैद मिनाहाविरुद्ध दायर भएको रिटमा सुनुवाइ भए पनि आदेश भने आएन ।

बिहीबार पूर्ण इजलासमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो । बहस सुरु गरे पनि प्रधानन्यायाधीश श्रेष्ठले यस्ता प्रकृतिका मुद्दाको फैसला अधिक गरेकाले फैसला नदिएका हुन् । मुद्दाको अर्को पेसी कात्तिक १४ का लागि तोकिएको छ ।

रिगल समूहको खुँडा प्रहारबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ दोस्रोपटक हुन लागेको हो । यसअघि गत बिहीबार (१८ असोज) प्रारम्भिक सुनुवाइ भएको थियो ।

कानून व्यवसायीहरूले राज्यले कैद मिनाहा कसका लागि र कसरी दिन सक्ने भन्दै कैद मिनाहा गर्ने राष्ट्रपतिको अधिकारमाथि नै प्रश्न उठाएका थिए ।

सुनुवाइमा सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्नुका साथै राष्ट्रपति कार्यालयबाट भएको आममाफीको सम्पूर्ण सक्कल फाइल समेत मगाएको थियो ।

रिगलसहितको समूहले २०७२ असारमा नेपालगन्जको धम्बोझी चोकनजिक चेतनको खुँडा प्रहार गरी हत्या गरेको थियो । मानन्धर हत्याको १ महिनापछि २०७२ भदौ ७ गते रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए ।