आङबोले हस्ताक्षर दुरुपयोग गरेकाे शेखर पक्षकाे दाबी

आङबोले हस्ताक्षर दुरुपयोग गरेकाे शेखर पक्षकाे दाबी



विराटनगर । कोशीमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङबोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका छन् ।

उनीहरुले मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस नेता केदार कार्कीले पेश गरेको दाबीमा हस्ताक्षर गरेका छन् ।

आङबोले पनि उनीहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेपछि ८ जनाले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै निवेदन दिएका हुन् ।

कार्कीलाई समर्थन गर्नेमा उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङ छन् ।