कार्कीले मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन कोशी कांग्रेसको अनुरोध

कार्कीले मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन कोशी कांग्रेसको अनुरोध



विराटनगर । नेपाली कांग्रेसको कोशी कार्यसम्पादन समितिले सांसद केदार कार्कीले कोशीको मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गरेको छ ।

शुक्रबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्की र उनको समर्थनमा हस्ताक्षर गरेका ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध हो ।

प्रदेश महामन्त्री उमेश थापाका अनुसार समितिले कोशीको कांग्रेस संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई पालना गर्न पनि अनुरोध गरेको छ ।

‘पार्टीलाई एकतावद्ध बनाउन कोशी संसदीय दललाई अनुरोध गरियो,’ थापाले भने,‘केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरियो ।’

सत्तारूढ गठबन्धनले कोशीकाे मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेको भए पनि कांग्रेस कोशीका सांसद केदार कार्कीले पार्टीका अरु ७ र नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।