विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङ र केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने मागदावी गरेका सांसदहरुबीचको छलफल सकिएको छ । आजै कांग्रेसका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन कोशी प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका सांसदहरू र प्रदेश प्रमुख परशुराम खापुङबीच यस्तो सहमति भएको हो ।
छलफलमा एमाले नेता हिक्मत कार्की र मुख्यमन्त्रीमा प्रस्तावित केदार कार्की सहभागी थिए भने अन्य सांसदहरू हलमा कुरेर बसेका थिए ।
माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । आङ्बाले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन् ।
प्रतिक्रिया